स्वास्थ्य बीमा बोर्डमा लगाइएको ताला खुल्यो

कावासोती, २८ असार । स्वास्थ्य बीमा बोर्ड नवलपुरको कार्यालयमा लगाईएको ताला खोलिएको छ । विभिन्न माग राखी स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय नवलपुरमा सोमबार लगाइएको ताला खोलिएको हो । बीमा बोर्डको तर्फबाट नवलपुर जिल्ला संयोजक जयश्वर भुसालले लिखित प्रतिबद्धता जनाउँदै जिल्लाबाट पूरा गर्न सकिने मागहरु तत्कालै सम्बोधन गरिने र जिल्लाले […]
चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन (तस्बीरहरु)

भरतपुर,२८ असार । चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन भएको छ । आज भरतपुरको चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाहरुले यौन हिंसा विरुद्ध प्रर्दशन गरेका हुन् । गत शनिबार चितवनकी लेखक सरिता तिवारीले आफूमाथि भएको यौन हिंसाको घटना सामाजिक सञ्जालबाट बाहिर ल्याएपछि सो घटनाको विरोध गर्दै चितवनमा प्रर्दशन भएको हो। प्रर्दशनमा सहभागिहरुले ‘सर्भाइभरलाई विश्वास गरौ’, ‘यौन हिंसा आरोपीलाई […]
श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

कोलम्बो, २८ असार । राष्ट्रपति गोटाबाया राजापाक्षले भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने […]
अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

चितवन, २८ असार । चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज काठमाडौमा भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, […]
पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज, २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]
राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

काठमाडौँ, २८ असार । राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा […]
२०७९ असार २८ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)