टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौली, २१ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ भएको दुर्घटनामा स्कुटर चालक एक युवकको मृत्यु भएको छ । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प १४८४ […]
उपन्यासकार वर्षाले ल्याइन् `अन्ततः यन्त्रणा´

काठमाडौँ, २१ जेठ । कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास `अन्ततः यन्त्रणा´ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका) विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार भुवन ढुंगाना, अतिथि प्रयागराज भट्टराई, समीक्षक साहित्यकार महेश पौडेल, समीक्षक साहित्यकार अनुपमा रेग्मी, रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि शर्माले […]
२०७९ जेठ २२ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: संयुक्त राष्ट्र संघ

कीभ, २१ जेठ । संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका […]
कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

काठमाडौँ, २१ जेठ। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत […]
समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्छौः उपप्रमुख अधिकारी

भरतपुर, २१ जेठ। भरतपुर महानगरपालिका उप–प्रमुख चित्रसेन अधिकारीले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार जानकी टोल, जनजागरण टोल र शिबघाट टोलले भरतपुर ४ लंकुमा संयुक्त रुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप–प्रमुख अधिकारीले बिकास निर्माणको कामलाई हल्का रुपमा नलिन आग्रह गरे । उनले माहानगर बिकास र […]
तालिवानको अत्याचार रोक्न करोडौँ डलरका परियोजना

काबुल, २१ जेठ । आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पु¥याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष (एआरटीएफल) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ । युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत […]
दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

काठमाडौँ, २१ जेठ । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस […]
निजगढ विमानस्थल बन्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ, २१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् । “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो […]
पोखराको हरिहर गुफामा अक्षर यात्रा

पोखरा, २१ जेठ । `जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा´ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भयो । अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, […]
नेपाल ८ रनमा अलआउट, यूएई ७ बलमै विजयी

काठमाडौँ, २१ जेठ । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो । युएईको […]
ग्लोबल आईएमई बैंकको भरतपुरमा अत्याधुनिक भवन बन्दै

भरतपुर, २१ जेठ । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक […]
सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस्: प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् । १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ(संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित […]
आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्दै रत्ननगर अस्पताल

भरतपुर, २१ जेठ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको […]
आजको मौसम: केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, २१ जेठ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, […]
सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

तनहुँ, २१ जेठ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । […]
अध्यक्ष दाहालसँग काठमाडौँ महानगरप्रमुख बालेन्द्रको भेट

काठमाडौँ, २१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उनले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन् । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उनले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका […]