सुन्दर हरिजन मृत्यु प्रकरण: दोषीलाई कारबाहीको माग गर्दै भरतपुरमा विरोध प्रदर्शन (तस्बीरहरु)

भरतपुर, १७ जेठ। अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार भरतपुरमा विरोध प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा वाग्मती प्रदेशले गत जेठ ४ गते रोल्पा कारगारमा मृत भेटिएका सुन्दर हरिजनको न्यायको माग गर्दै भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन गरेको हो […]
२०७९ जेठ १८ गते बुधवारको कायाकैरन दैनिक (E-paper)
राप्ती नगरको शैक्षिक अवस्थाबारे विद्यार्थी संगठनको ध्यानाकर्षण

राप्ती, १७ जेठ । स्वतन्त्र विद्यार्थी संगठनले राप्ती नगर प्रमुख शमशेर लामालाई ध्यानाकर्षण पत्र बुझाएको छ । राप्ती नगरपालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख लामासमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । संगठनले शिक्षा क्षेत्रमा भएको माफियाकरण, दलालीकरण र भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहने पत्रमा लेखिएको छ । संविधानमा लेखिए बमोजिम शिक्षा क्षेत्रमा लागू नभएको कुरा […]
श्रीमानको कुटाइबाट घाइते भएकी गीताको उपचारका क्रममा मृत्यु

भरतपुर, १७ जेठ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको मृत्यु भएको छ । गत बिहीबार घरायसी विवादमा श्रीमान रामचन्द्र माझीले कुटपिट गर्दै मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी गीताको गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत गीताको सोमबार अपरेसन गरिएको थियो […]
कारागारमा मृत भेटिएका सुन्दर हरिजनको न्यायका लागि प्रदर्शन हुँदै

भरतपुर, १७ जेठ । रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको हत्या भएको भन्दै उनका परिवारले दोषीमाथि कारवाहीको माग गरिरहेका बेला चितवनमा पनि जात व्यवस्था उन्मूलन मोर्चा वागमती प्रदेशले मंगलबार दबाबमूलक प्रदर्शन गर्दैछ । साँझ ५ बजेपछि भरतपुरको चौबीसकोठी चोकमा प्रदर्शन गरिने कार्यक्रम रहेको जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका केन्द्रीय सदस्य एवम् सामाजिक अभियन्ता विजय विश्वकर्माले […]