जीवनोपयोगी कृषि शिक्षा

सैद्धान्तिक शिक्षाले सीपको विकास गर्दैन । सीपको विकासका लागि प्रयोगात्मक अभ्यासमा जोड दिने प्राविधिक शिक्षा चाहिन्छ । यही आवश्यकतालाई बुझेर भरतपुर महानगरपालिका–२० भीमनगरमा रहेको भीमनगर माध्यमिक विद्यालयले प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि बाली विज्ञानको पढाई सुरु गरेको छ । बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले विद्यालय परिसरमै रहेको टनेलमा टमाटर फलाएका छन् । काउली, बन्दा र च्याउ […]

पुस्तकालयबाट परिवर्तन, समुदायलाई सहयोग

भरतपुर, ६ चैत । पुस्तकालय धाउनुको मुख्य उद्देश्य पुस्तक पढ्नु नै हो । पुस्तक पढेपछि ज्ञानको दायरा फराकिलो हुन्छ । कहिलेकाहीँ पुस्तकालयबाट परिवर्तन पनि सम्भव हुँदोरहेछ । यसको उदाहरण बनेको छ रिड नेपालको किशोरीलक्षित कार्यक्रम ‘ट्याग’ । ट्यागको पूरा रुप ‘टेक एज गर्ल्स’ हो, जसलाई ‘प्रविधि सिक्ने उमेरका केटीहरु’ भनेर पनि बुझ्न सकिन्छ । यहाँ […]

राइनोकुञ्ज कार्यालय उद्घाटन गरिने

भरतपुर, ६ चैत । भरतपुर महानगरपालिका वडा नम्बर -१३ राइनोकुञ्जको वडा कार्यालय उद्घाटन गरिने भएको छ । आइतबार सर्वपक्षीय भेला आयोजना गरी सो बारे जानकारी दिइएको हो । कार्यालयको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालद्वारा उद्घाटन गरिने राइनोकुञ्जका वडाध्यक्ष प्रकाश दवाडीले जानकारी दिए । सोहि अवसरमा वडा कार्यालयलाई जग्गा प्रदान गर्ने दाता प्रेमनाथ कोइरालालाई सम्मान गर्ने, […]

खुट्टा कमाए सबै उपलब्धि गुम्ने छ : नारायण दाहाल

भरतपुर, ६ चैत । जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्न आगामी चुनाव माओबादीले जित्नै पर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश इन्चार्ज नारायण दाहालले बताएका छन् । भरतपुर-१३ समितिले आयोजना गरेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । कार्यालय उद्घाटन गर्दै दाहालले पार्टीको योजना सफल होस् भनि शुभकामना पनि व्यक्त गरेका […]

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत ६ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको […]

माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

कर्णाली, ६ चैत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो । निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिननका साथै निर्देशनको […]

कालीप्रसाद रिजाल र उषा शेरचनलाई वानीरा पुरस्कार

भरतपुर, ६ फागुन । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिएका सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । डा. वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपैयाँ छ । नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली […]

सांसद सुवेदीद्धारा टोल–टोलमा आपतकालीन राहत कोष स्थापना

भरतपुर, ६ चैत । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गर्नुभएको छ । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उहाँले राहत कोष स्थापना गर्नुभएको हो । शनिबार भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक […]

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौँ, ६ चैत । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ […]

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छः अध्यक्ष दाहाल

कास्की, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो […]

प्रलेस चितवनमा बरालको नेतृत्व

भरतपुर, ६ चैत । प्रगतिशील लेखक संघको चितवन जिल्ला अध्यक्षमा युवा सर्जक एवं शिक्षक विकास बराल चयन भएका छन् । भरतपुरस्थित नारायणी नमूना माविको सभाहलमा शनिबार सम्पन्न सातौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा बराल चयन भएका हुन् । बराल माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा शिक्षण गर्छन् । त्यसैगरी जिल्ला उपाध्यक्षमा माडीलाई कर्मक्षेत्र बनाउनुभएका शिक्षक एवं सर्जक राजु […]