विद्यार्थीले पाए कापी कलम र न्यानो कपडा

भरतपुर, ९ पुस । कालिका नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गडुवाका करिब १०० जना विद्यार्थीलाई कापी, कलमलगायत न्यानो कपडा उपलब्ध गराइएको छ । त्यस्तै करिब १०० घरपरिवारलाई पनि न्यानो कपडा उपलब्ध गराइएको छ । भरतपुरस्थित ओम शान्ति एकेडेमी अन्तर्गत नेपाल युथ रेडक्रस सर्कलका विद्यार्थीहरूको सहयोगमा उक्त सहयोग सामग्री उपलब्ध गराइएको एकेडेमीका प्रधानाध्यापक […]

चेपाङ समुदायबाट सन्तबहादुर पहिलो मन्त्री

भरतपुर, ९ पुस । सीमान्तीकृत चेपाङ समुदायबाट पहिलोपटक मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । उनले […]

बागमतीमा जम्बो मन्त्रिपरिषद्, तीन मन्त्री र तीन राज्यमन्त्रीद्वारा शपथ

भरतपुर, ९ पुस । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

भरतपुर अस्पताल सुधारको बाटोमा

चितवन, ९ पुस । सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ । अस्पतालमा गुनासो बढ्दै गएपछि सुधारका काम अघि बढाइएको हो । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छोटो समयमा परिवर्तन भइरहँदा कामले गति लिन सकेको थिएन । एउटा मेसुले सुरु गरेका काम अर्को आएर बुझ्न नपाउँदै सरुवा हुने अवस्थाले अस्पताल अस्तव्यस्त बनेको थियो । गएको […]

ब्राजिलियन फुटबल लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज

पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल लिजेन्ड पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज लिएको बताइएको छ । घरमै रहेपनि उनी पूर्ण रूपमा चिकित्सकको निगरानीमा नै रहने छन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले दुई […]

ग्रीनल्याण्डमा समाचार वाचन प्रतियोगिता

भरतपुर, ९ पुस । पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले भरतपुर- १२स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले समाचार वाचन प्रतियोगिता गरेको छ । रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झैँ नेपाली अनि अङ्ग्रेजी भाषामा २८ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए । विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा पन्तको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा सञ्चारकर्मीद्वय मनोज पन्त र करिश्मा […]

आउँदाे निर्वाचनबाट विद्युतीय मतदान

भरतपुर, ९ पुस । आउँदाे निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेकाे महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्ताे जानकारी दिएका हुन् । उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए । उनका अनुसार यसपालि […]