राप्तीमा गडयौली महोत्सव हुने

राप्ती, १ पुस । पूर्वी चितवनको राप्ती नगरपालिकामा प्रथम गड्यौली महोत्सव हुने भएको छ । राप्ती नगरपालिका- २ स्थित गडयौली चौरमा यही पुस १४ गतेदेखि २४ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक संस्था गडयौली भिलेजले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । कृषि, पर्यटन, व्यापार र खेलकुदको प्रवर्द्धनका लागि महोत्सवको आयोजना […]
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काठमाडौं १ पुस। नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए […]
रक्षामन्त्री पदबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
भरतपुर, १ पुस । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीको मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । […]
२०७८ पुस १ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)
विजयकुमार गच्छदार २ मतले पराजित

भरतपुर, १ पुस । राजधानीमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उप-सभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन् । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ […]
खड्का र गुरूङ उपसभापति निर्वाचित

भरतपुर, १ पुस । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएका छन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । देउवा […]