टिट्वान्टी क्रिकेट विश्वकपको फाइनल आज

भरतपुर, २८ कार्तिक । आइसीसी टिट्वान्टी क्रिकेट विश्वकपको फानइल खेलमा आज (आइतबार) राति अष्ट्रेलिया र न्यूजील्याण्ड भिड्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि न्यूजील्याण्डले सेमिफाइनलमा इंग्ल्याण्डलाई पाँच विकेटले पन्छाएको थियो । यस्तै अष्ट्रेलियाले पनि सेमिफाइनलमा पाकिस्तानमाथि पाँचै विकेटको रोमाञ्चक जीत दर्ता गराएको थियो […]
मुस्ताङमा भीषण हिम पहिरो, भागदौडमा ११ जना घाइते
काठमाडौँ, २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो आउँदा भागदौड मच्चिदा ११ जना घाइते भएका छन्। थासाङ-२ को पश्चिम दिशामा पर्ने धौलागिरी क्षेत्रको पानापाथी हिमालबाट आइतबार बिहान अकस्मात ठूलो आवाजसहित भीषण हिम पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिम पहिरोका कारण […]
विश्व मधुमेह दिवस: सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

भरतपुर , २८ कात्तिक । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । […]
होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

काठमाडौँ, २८ कात्तिक । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । उद्योगमा नेपाली र चिनियाँ र लगानीकर्ताको साझेदारी रहेको छ […]
फेसबुकले अस्तित्व मेटाउन खोजेको मेटाको आरोप

भरतपुर, २८ कात्तिक । फेसबुकले आफ्नो ब्राण्डिङ चोरेको भन्दै सिकागोको टेक कम्पनी अदालत जाने भएको छ । आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा नाम गरको कम्पनीले फेसबुकविरुद्ध मुद्दा दायर गर्ने भएको हो। मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न प्रयास गरेको तर, विक्री नभएकपछि मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन खोजेको आरोप […]
२०७८ कात्तिक २८ गते आइतबारको कायाकैरन दैनिक (E-paper)
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमाेदन हुने

भरतपुर, २८ कात्तिक । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि […]