फेसबुकले अस्तित्व मेटाउन खोजेको मेटाको आरोप

भरतपुर, २८ कात्तिक ।
फेसबुकले आफ्नो ब्राण्डिङ चोरेको भन्दै सिकागोको टेक कम्पनी अदालत जाने भएको छ । आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा नाम गरको कम्पनीले फेसबुकविरुद्ध मुद्दा दायर गर्ने भएको हो।

मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न प्रयास गरेको तर, विक्री नभएकपछि मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन खोजेको आरोप लगाएका छन् । कम्पनीकाअनुसार फेसबुकले पटक पटक प्रयास गर्दा पनि कम्पनी खरिद गर्न नसकेपछि सानो कम्पनी भनेर मिडियाका बलमा कम्पनी हडप्न खोजेको र यसको विरुद्ध अदालत जाने तयारी गरेको छ ।

सन् २०१६ मा मेटा कम्पनीले आफ्नो ट्रेडमार्क दर्ता गराएको बताएको छ । उता फेसबुकले भने उक्त कम्पनीले लगाएको आरोपको अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट