जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने

भरतपुर, १ असोज । सरकारले जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने व्यवस्था गरेको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । स्थानीय तहमा कार्यरत तथा जनगणनाका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जनगणना कार्यलाई […]

देशभर ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ, १ असोज । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकाका ६ स्थान सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । उपभोक्ताले […]

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए

काठमाडौँ, १ असोज। कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४।३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडाँै उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो […]

भरतपुर अस्पताललाई महानगरले दियो स्वास्थ्य सामग्री

भरतपुर, १ असोज । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक कार्यक्रमबीच भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी तथा मेसु डा. कृष्णप्रसाद पौडेललाई ५० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरिन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण […]

गुल्मीमा देखियो सेतो पुतलीबाट लाग्ने सापु रोग

तम्घास, १ असोज । गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक/एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार […]

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैतमा हुने

भरतपुर, १ असोज । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने तय भएको छ । आज बसेको अनेरास्ववियुको स्थायी कमिटीको बैठकले आगामी महाधिवेशनको मिति तय गरेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले विद्यार्थी संगठनको राष्ट्रिय महाधिवेशन चैत २२, २३ र २४ गते गर्ने […]

माधव नेपाल एमालेमै फर्किनुहुन्छ: योगेश भट्टराई

पोखरा, १ असोज। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गर्नुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । […]

एक साताभित्र सरकारले पूर्णता पाउँछ: अध्यक्ष नेपाल

काठमाडौँ, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन । पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सोधेका प्रश्नका जवाफका बारेमा छलफल भइरहेको बताए । नेपालले पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै आएकाले असंलग्न परराष्ट्र नीतिअनुसार नै अघि […]

२४ घण्टामा १,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

काठमाडौँ, १ असोज। विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी […]

बैंकले बढाए ब्याजदर : कसको कति ?

भरतपुर, १ असोज । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव […]

कोभिडका कारण ७ करोड ७० लाख विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ

संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोभिडका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न छ देशका ७ करोड ७० […]

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौँ, १ असोज । नेपालले चीनबाट खरिद गरेर ल्याएका ४४ लाख भेरोसेल खोप प्राप्त गरेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलगायतको टोलीले चीनबाट प्राप्त खोप ‘रिसिभ’ गरेका थिए । चीनबाट अहिलेसम्म खरिद गरेको यो समेत १ करोड २ लाख लाख खोप नेपाल भित्रिइसकेको छ । नेपालले यसअघि ४० लाख खोप खरिद […]