जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने

भरतपुर, १ असोज ।
सरकारले जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने व्यवस्था गरेको छ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

स्थानीय तहमा कार्यरत तथा जनगणनाका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जनगणना कार्यलाई प्रभावकारी रूपमा तोकिएकै समयभित्र सम्पन्न गर्नका लागि आयोगले मन्त्रालयलाई सो आग्रह गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालद्वारा जारी सूचनामा उल्लेख छ ।

‘स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान र निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सो बमोजिम उल्लिखित कर्मचारीको सरुवा र काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना गत बुधबारदेखि सुरु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट