पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढेको हो । अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल, मट्टितेल १०३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र […]

भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

विजपुर, छत्तीसगढ । भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिवार घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । “छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरूको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले […]

प्रविधिले फेर्दैछ भुक्तानी प्रणाली

भरतपुर, २२ चैत्र । रत्ननगर नगरपालिकाकी भूमिका सिंखडा सकेसम्म मोबाइल वालेटबाटै आर्थिक कारोबार गर्न रुचाउँछिन् । मोबाइलमा बैंकिङ्ग एप तथा अनलाइन भुक्तानी सेवा प्रदायकको एप राखेपछि बाहिर निस्कँदा नगद बोक्नुपर्ने बाध्यता हटेको उनी सुनाउँछिन् । “इन्टरनेटको भरमा एपबाटै हरेक सेवाको शूल्क तथा महशुल तिर्न मिल्ने भएपछि गोजीमा पैसा बोकेर हिँडिरहन परेन”, उनले सुनाइन् । मोबाइल […]