कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । […]
पुरुष होस् या स्त्री , यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्

भनिन्छ नि- ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ!’ फेरि त्यहि झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र? आज जसरी तसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइ नै हाल्छ। अनि जब घर-परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ। तीतो नै किन नहोस् […]
दाउराले हानेर छोराद्वारा आमाको हत्या

दोलखा, २२ असोज (रासस) ः भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् । बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान […]
सर्वोच्च अदालतद्वारा खड्कालाई नहटाउन अन्तरिम आदेश

२२ असोज / सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ गते […]
मेयर कपमा सुपर सिक्स सुरु हुँदै

भरतपुर, २२ असोज । भरतपुरमा पहिलोपटक भइरहेको सिएमसी मेयर कप–२०७४ अन्तर वडा क्रिकेट प्रतियोगितामा सुपर सिक्सका खेलहरु सञ्चालन गरिने भएको छ । त्यसका लागि आइतबार समूह विभाजन गरिएको छ । चितवन मेडिकल कलेज(सिएमसी) टाइटल स्पोन्सर रहेको प्रतियोगितामा विजेता र उपविजेतालाई दिइने ट्रफीसमेत आइतबार सार्वजनिक गरिएको छ । सिएमसीमा आयोजित कार्यक्रममा कलेजका एशोसिएट प्रोफेसर ममता शर्मा […]
राष्ट्रिय आवश्यकताले गर्दा एकीकरण प्रक्रिया थालेका हौं ः अध्यक्ष दाहाल

२२ असोज / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ । नेकपा(माले)बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि एकता जरुरी रहेको […]
भरतपुर अस्पतालमा विरामीको चाप , एकै दिन १५ सयले ओपिडि सेवा लिए

असोज २२ भरतपुर अस्पतालमा आईतवार विरामीको संख्या ह्वात्तै बढेको छ । भरतपुर अस्पतालमा आईतवार मात्रै १ हजार पाँच सय भन्दा बढीले स्वास्थ्य उपचार गराएका छन । विरामीको संख्या बढेपछि लामो समय लाईन बसेर टिकट काटेका थिए । सामान्य स्वास्थ्य परिक्षण गराउनेहरुको संख्या बढी थियो । दशै सकिएपछि विरामी उपचारका लागि अस्पताल आएका हुन । एकै […]
सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु
पाँचथर, २२ असोज ) ः सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका […]
पोटाउन लागेको धानमा विभिन्न रोगकारण उत्पादन घट्ने

चितवन, २२ असोज (रासस) ः चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताउनुभयो । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान उत्पादन घट्ने चिन्ता भएको उहाँले बताउनुभयो । सँधियारका […]