भरतपुर अस्पतालमा विरामीको चाप , एकै दिन १५ सयले ओपिडि सेवा लिए

असोज २२
भरतपुर अस्पतालमा आईतवार विरामीको संख्या ह्वात्तै बढेको छ । भरतपुर अस्पतालमा आईतवार मात्रै १ हजार पाँच सय भन्दा बढीले स्वास्थ्य उपचार गराएका छन । विरामीको संख्या बढेपछि लामो समय लाईन बसेर टिकट काटेका थिए । सामान्य स्वास्थ्य परिक्षण गराउनेहरुको संख्या बढी थियो । दशै सकिएपछि विरामी उपचारका लागि अस्पताल आएका हुन । एकै दिन यति धरै ओपिडि सेवा लिनुलाई नौलो मानिएको छ । यसअघि करिब उक जारको हाराहारीमा मत्र विरामीले ओपिडि सेवा लिने गरेका थिए । आउने गरेका दिशै अघिको चिकित्सकको आन्दोलन र दशै विदाका कारण स्वास्थ्य परिक्षण गराउनेको संख्या बढेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनिले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा गत मंगलवारबाटै ओपिडि सेवा सेवा सुरु भएको हो । पूर्णिमापछि मात्रै संचालन हुने भनेर आज भिड बढेको डा. मरासिनिले बताउनुभयो ।
अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले सरकारी अस्पतालको सेवा प्रति विश्वस्त भएर विरामीको चाप बढेको बताउनुभयो । थियो । अस्पतालको सेवालाई जनतामैत्री बनाईएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट