अराजताको पराकाष्ठा

स्थानीय तह निर्वाचन–२०७४ को पहिलो चरणअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनामा देखिएको विवाद अत्यन्तै अप्रजातान्त्रिक र मतपत्र कब्जा गर्ने बदनियतबाट प्रेरित देखिन्छ । यो गतिविधि अराजकताको पराकाष्ठा हो । जनताले व्यक्त गरेको जनादेशलाई स्वीकार गर्न नसक्नेले हार टार्ने नियतले गरेको हर्कतको रुपमा लिदै यसमा प्रत्यक्षरुपमा संलग्नको यथार्थ खोजी गरी कारबाही गर्न आवश्यक छ । निर्वाचनजस्तो प्रजातान्त्रिक प्रक्रियामा […]

निर्वाचनको विकल्प निर्वाचन – प्रधानमन्त्री

१६ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ । मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री […]

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

चितवन, १६ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताएका छन् । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना […]

जनताको मतको अवमुल्यन भयो

भरतपुर,१६ जेेठ। आइतबार राति अबेरसम्म रौनक, उत्सुकता र तनावले भरिएका अनुहारहरुको चहलपहल बाक्लो थियो । भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्डहलमा । तर, अहिले मतगणनास्थल सुनसान छ । मात्रै पोशाकसहितका सुरक्षाकर्मीहरु कभर्डहल वरपर तैनाथ छन् । आइतबार राति पौने १२ बजे मतगणना गर्ने क्रममा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतले मतगणना रोकिएको घोषणा गरेका हुन् । […]

सफल र सर्मपना मिष्टर एण्ड मिस चितवन एसइइ २०१७

१६ जेठ । मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइको उपाधि सफल गुप्ता केसि र सर्मपना क्षेत्रीले जितेका छन । सोमवार मध्यरातमा सकिएको कार्यक्रममा माडिका क्षितिज गुरुङ र कावासोतिकी सुमिता थापा मगर फस्ट रनर अप , गैडाकोटका प्रिन्स सदाशंकर र रामपुर शारदानगरकी सविना रानाभाट सेकेण्ड रनर अप भएका थिए । प्रतियोगितामा दृष्टान्त वावु […]

देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना

१६ जेठ । बंगलादेशमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ । बंगलादेशमा आएको मोरा चक्रवातको असर नेपालको मौसममा पनि देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेशको आँधीका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ । वंगालको खाडीमा विकसित भै बंगलादेशको चित्तगोंगको जमिन तर्फ अगाडी बढिरहेको सामुद्रिक चक्रवात […]

सुनसहित विमानस्थलबाट पक्राउ

१६ जेठ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । […]

नेपाली सेनाको विमान दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

१६ जेठ । नेपाली सेनाको (स्काइ ट्रक) विमान बाजुरामा दुर्घटना हुँदा विमानका चालक महासेनानी कैलास गुरुङको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा गुरुङको मृत्यु भएको बाजुरा प्रहरीले जानकारी दिएको छ । यस्तै घाइते मेजर अनिता आले र सुबेदार पुर्ण बहादुर खड्कालाई थप उपचारका लागि सिता एयरको बिमानबाट नेपालगंञ्ज पठाईएको छ । सुर्खेतबाट हुम्लाका […]

तत्काल मतगणनाको माग गर्दै भरतपुरमा एमालेले निकाल्यो विरोध जुलुस

चितवन, १६ जेठ । भरतपुर वाड न १९ को मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले आज भरतपुरमा दबाब विरोध जुलुस निकालेको छ । पुल्चोकबाट निस्किएको जुलुस लायन्सचोक, क्याम्पसगेट, चौविसकोठी हुँदै मतणनास्थल परिसरमा गएर कोणसभामा परिणत भएको छ । जुलुसमा सहभागीले मतपत्र च्यात्नेलाई कडा कारवाही गर,छिटो मतगणना सुचारु गर  लगायतका नारा लगाएका थिए । र्‍यालीपछि […]