तनहुँ देवघाट प्रमुखमा एमाले विजयी
तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उनले २८७९ मत ल्याएका हुन् । यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार विमला थापा विजयी भइन् ।
(अपडेट्) भरतपुर महानगरपालिकामा एमालेका ज्ञवालीको अग्रता

२ जेठ, भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदका लागि एमालेका देवी ज्ञवालीले १०७७मत ल्याएका छन भने कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकी रेणु दाहालले ७७३ मत ल्याएकी छन । यस्तै उपमेयरमा एमालेकी दिव्या शर्मा आचार्यले ९३४ मत ल्याएकी छन भने गठबन्धनकी पार्वती शाहले ८६५ ल्याएकी छन । – वडा अध्यक्ष १ एमाले-९११ कांग्रेस-६७४
भरतपुर महानगरपालिका मतपरिणाम ( ताजा अपडेट )

२ जेठ । भरतपुर महानगरपालिकामा १८०० मत गणना गर्दा ताजा मतगणना विवरण अनुसार मेयरमा (एमाले) देवी ज्ञवाली ८६१ मत प्राप्त गरेका छन् । (माओवादी काग्रेस गठवन्धन) रेणु दहालको ७०४ मत आएको छ । यस्तै उपमेयरमा एमाले-७२७ काङ्ग्रेस -८२५ मत आयको छ । वडा अध्यक्ष एमाले-७०७ काङ्ग्रेस-६४१