उपमेयरको भत्ता सार्वजनिक कार्यमा खर्च गर्ने घोषणा

बैशाख २७, माडी माडी नगरपालिकाको उपमेयरकी उम्मेदवार सरिता महतो (अपेक्षा)ले नगर उप–प्रमुखबापत पाइने भत्ता सार्वजनिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । उपमेयरका रुपमा आउने सबैखाले भत्ता रकमबाट माडीका गरीब, निमुखा, सुकुम्बासी, बाढीपीडित, निकुञ्जपीडित र विशेषगरी पछाडी परेका आदिवासी थारु तथा बोटे समुदायलाई सहयोग गर्ने उनले घोषणा गरेकी हुन् । नेकपा (माओवादी केन्द्र)बाट उपमेयरको उम्मेदवार […]

एमाले कार्यकर्ताकाे हाेहल्लापछि ऋषि धमलाले कार्यक्रम राेके

भरतपुर, २७ वैशाख । कार्यक्रम थियो रिपोर्टर्स क्लब चितवनले आयोजना गरेको मेयरका उम्मेद्वारसँगको अन्तरक्रिया । प्रमुख पार्टीका मेयर र उपमेयरका उम्मेद्वार बोलाइएका थिए । १ बजेका लागि जिल्ला समन्वय समिति कार्यालयको हलमा तय कार्यक्रममा ऋषि धमला आफै कार्यक्रम सञ्चालक बन्नेवाला थिए । तर, रिपोर्टर्स क्लबका केन्द्रीय अध्यक्ष धमला आफै पौने ३ बजेतिर आए । आउनासाथ […]

एमालेद्धारा भरतपुर महानगरमा बृहद आमसभाको आयोजना

अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने   चितवन , वैशाख २७ ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली ( विहीवार) भरतपुर आउनुहुने भएको छ ।  बैशाख ३१ गते हुने स्थानिय निर्वाचनको प्रचारप्रसारका लागी एमाले भरतपुर महानगर कमिटिको आयोजनामा भोली हुने आमसभामा प्रमुख वक्ताको रुपमा संवोधन गर्न अध्यक्ष ओली भरतपुर आउन लाग्नुभएको […]

प्रचण्ड र देउवा भोली एउटै मञ्चबाट सम्बोधन गर्ने

२७ बैशाख । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बृहत आमसभालाई सम्बोधन गर्न भोली(बिहीबार) भरतपुर आउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपश्चात दुवै पार्टीका शिर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेका हुन् । भरतपुर केन्द्रीय बस ट्रमिनलको खुल्ला […]

ट्रक दुर्घटनामा घाइते भएका एकको मृत्यु

चितवन, २७ वैशाख । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको ट्रकका एकजना घाइतेको उपचारको क्रममा निधन भएको छ । ट्रकमा परी गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का २१ वर्षीय सुरज श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान साढे ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ […]

रिना गुरुङलाई भरतपुरमहानगरपालिकाको उपमेयरमा किन गर्ने मतदान ?

स्थानिय निर्वाचन आउन केहि दिन मात्रै बाकी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रचार अभियानमा तिब्रताका साथ लागेको छ । देशकै महत्वको महानगरका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा आधिकाशं दलले महिलाहरुलाई उमेदवार बनाएका छन् । यसै सन्र्दभमा सञ्चार क्षेत्रकी हस्ति राप्रपा बाट भरतपुर महानगरपालिका मेयर पदकी उमेदवार रिना गुरुङसगँ हामीले चुनावी गतिविधि र आगामी योजनाका बारेमा […]

कुँवरलाई विजयी गराउने काँग्रेस र माओवादी केन्द्रको प्रतिबद्धता

२७ वैशाख, पोखरा । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रीयस्तरमा भएको सहमतिअनुरुप महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरिसकेका कारण दुवै पार्टीले संयुक्तरुपमा […]

आचारसंहिता उल्लंघन रोक

स्थानीय तहको निर्वाचन आउन अब मात्रै ४ दिन बाँकी छ । दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनमा वैशाख ३१ गते मतदान हुनेछ । त्यसको तीन दिन अघिसम्म अथवा वैशाख २८ गतेसम्म निर्वाचनको प्रचार गर्न पाइन्छ । त्यो दिन भोलि हो । भोलिसम्म निर्वाचनको प्रचार गर्न पाइन्छ भने त्योपछि शून्य समय सुरु हुन्छ । त्यसपछि […]

माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

दोलखा, २७ वैशाखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, […]

भुडीवाला बाँदर डाइटिङ गर्न थालेपछि(भिडियो सहित)

थाइल्याण्डको राजधानी बैंककमा बजार नजिकै मानिसले फ्याकेको खान खाएर झ्याम्पो जस्तो पेटभएको बाँदरले वन्यजन्तु अधिकारीको ध्यान खिचेको छ ।हिँडडुल गर्न समेत गार्हो भएको उक्त बाँदरलाइ उपचारको लागि  वन्यजन्तु उपचार केन्द्र लागिएको छ । वन्यजन्तु उपचार केन्द्रमा उक्त बाँदरलाइ नियमित रुपमा कडा डाइटिङमा राख्नुका साथै अन्य जनावरसँग दौडिन लगाइएको छ ।  यो बाँदरलाइ  बैंककमा अंकल फ्याट्टीको नामले चिन्ने गरिएको छ

उम्मेद्वारले विज्ञापन गर्न पाउने भोलिसम्म मात्रै

  भरतपुर, २७ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ । मौन अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा […]

गर्भवती नहुनुमा यी ९ कारण, पुरुष पनि जिम्मेवार

एक अध्ययन अनुसार, धेरै दाम्पत्य जोडीहरु चाहेर पनि सन्तान सुख पाउँन सक्दैनन् । यसको मुख्य कारण स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धि विभिन्न कारण रहेको बताइएको छ । मोटोपन – मोटोपनका कारण पुरुषमा शारीरिक गतिविधि कमजोर हुँदै जान्छ र स्पर्म काउन्ट पनि घट्दै जान्छ । त्यस्तै, ओभरीमा बोसो बढ्दै जाँदा अण्डा उत्पादन हुन पाउँदैन, जसले गर्दा गर्भवती […]

यि हुन् सलमानका असली कटप्पा, तलब २ करोड

२६ वैशाख । सलमान खान एक अभिनेता मात्र नभई कैयौ व्यक्तिका सहयोगी समेत हुन् । सलमानलाई कैयौ व्यक्तिको करियर विगारेको आरोप लगाउने गरिन्छ । तर उनले जसको करियर बनाइदिन्छन् उनले भगवान नै ठान्छन् । जसमध्ये उनका बडिगार्ड समेत पर्दछन् । विगत २० वर्षदेखि शेराले सलमानको बडिगार्डको रुपमा काम गर्दै आएका छन् । शेराको वास्तविक नाम […]

युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा, रियलसँगको भेट लगभग पक्का

२७ वैशाख, काठमाडौं। मोनाकोलाई समग्रमा ४–१ गोलले पराजित गर्दै युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा २–१ नतिजा निकालेको इटालियन युभेन्ट्सले पहिलो लेगमा २–० जितसहित समग्रमा ४–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । २०१५ को फाइनलमा बार्सिलोनासँग भिडे पनि युभेन्टस् ३–० गोलले पराजित हुँदै उपाधिविहीन बन्न पुगेको छ । […]

एफबीआईका प्रमुखलाई ट्रम्पले बर्खास्त गरे

२७ वैशाख, एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमपले संघीय जाँच एजन्सी (एफबीआई)का निर्देशक जेम्स कोमीलाई पदबाट हटाएका छन्। ह्वाइट हाउसले यसको पुष्टि गरेको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज राष्ट्रपति डोनाल्ट जे ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई उनलाई पदबाट हटाइएको बताएका छन्।’ ह्वाइट हाउसले जेम्स कोमीको ठाउँमा एटर्नी जनरल जेफ सेशन्सलाई सिफारिस गरेको […]

उत्तर कोरियाको सिमा नजिक चीनको मिसाइल लञ्च

२७ वैशाख, एजेन्सी। चीन र उत्तर कोरियाको बीचमा रहेको खाडी क्षेत्रमा पिपुल्स लिवरेसन आर्मीले मिसाइल लञ्च गरेको छ। एल्लो सागर अन्तर्गत बोहाइ सागरमा चिनियाँ सेनाको ‘रकेट फोर्स’ले आफ्नो शक्ति प्रदर्शन गरको हो। चिनियाँ सेनाले परीक्षण पश्चात ‘अपेक्षित परिणाम हासिल गरेको’ बताएको छ। यो मिसाइल परीक्षण उत्तर कोरियालाई चेतावनी थियो वा अमेरिकालाई थियो सो भने स्पष्ट […]

ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

चितवन, २७ वैशाख । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका […]

चितवनमा सुरक्षा व्यवस्था कडा

भरतपुर,२७ बैशाख । जनप्रतिनिधि चयन गर्ने दिन नजिकिदै जाँदा चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन विरोधी समूह तथा अपराधिक गतिविधिमाथि प्रहरीले उच्च निगरानी सुरु गरेको छ । विगतका घटना, मतदाता संख्या, भौगोलिक दूरीलगायत सूचकका आधारमा मतदान स्थललाई सुरक्षाको दृष्टिले वर्गीकरण गरिएको छ । चितवनका कूल १ सय ६१ मतदान स्थलमध्ये ४९ स्थानलाई अति […]

निर्वाचन सामग्री ठाउँ–ठाउँमा

विप्लव काफ्ले भरतपुर,२७ बैशाख । स्थानीय तहको चुनावलाई लक्षित गरी चितवनमा आज (बुधबार)देखि प्रत्यक्षरुपमा २ हजार २ सय ४९ जना सरकारी कर्मचारी खटिदैछन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा जाँदैछन् । दिउँसो सबै कर्मचारी निर्धारित मतदान केन्द्रमा खटिनेछन् । प्रत्येक मतदान केन्द्रमा १–१ जना मतदान अधिकृत, […]

यसरी गरे बदर हुँदैन मत

हेम रोकाहा भरतपुर,२७ बैशाख । आगामी स्थानीय तहको निर्वाचनको लागि तयार भएको मतपत्र यसअघिका निर्वाचनमा प्रयोग हुने मतपत्र भन्दा भिन्न र केही जटिल छन् । त्यसकारण पनि मतदाता झुक्किने र मत बदर हुन सक्ने सम्भावना धेरै छ । निर्वाचन आयोगले धेरै उम्मेद्वार हुने जिल्लामा ६८ र थोरै उम्मेद््वार हुने जिल्लामा ८ पंक्ति (तर्सो लहर÷रो) भएको […]

२५६१औँ बुद्ध जयन्ती मनाइँदै

२७ बैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि […]

निर्वाचनलगत्तै मतगणना गरिने

२७ बैशाख । निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो । ‘वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने । स्थानीय तह निर्वाचन ऐनमा मतदान अधिकृतले गाउँपालिका/नगरपालिकाका वडाभित्रका […]