मकवानपुर, ४ भदौ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री थापाले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एमाले, नेकपा र राप्रपाका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।
यद्यपि, ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको विषयलाई लिएर राप्रपाभित्र भने विवाद देखिएको छ ।




