आमाको निस्वार्थ प्रेममा आधारित ‘आई लभ यू मम’ सार्वजनिक

चितवन, ३१ जेठ ।
आमाप्रति समर्पित लघु चलचित्र ‘आई लभ यू मम’ सार्वजनिक गरिएको छ । म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र एक कार्यक्रमबीच देव आरएन अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

निर्देशक रिहान मियाको निर्देशन रहेको चलचित्रले सन्तानप्रति आमाको निस्वार्थ माया, त्याग र समर्पणको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा देव आरएन, एन्जल श्रेष्ठ, आरजू अधिकारी र पुजन लामिछानेको अभिनय रहेको छ । कपिल मगरले सिनेमाटोग्राफी तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

चलचित्र सार्वजनिक कार्यक्रममा अभिनेता देव आरएनले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताए । उनले चलचित्रको कथा हरेक परिवारसँग जोडिने विश्वास व्यक्त गर्दै दर्शकको मन जित्ने अपेक्षा गरे ।

निर्देशक रिहान मियाले पनि चलचित्रले दर्शकको माया पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित अतिथिहरूले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कलाकारहरूको अभिनय, कथा र प्रस्तुतिको प्रशंसा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट