स्थापना दिवसमा दृष्टिविहीन विद्यार्थीलाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग

रत्ननगर, १८ जेठ ।
चितवनको रत्ननगर नगरपालिका–५ स्थित झुवानी माध्यमिक विद्यालयमा सञ्चालित समाहित शिक्षा (दृष्टिविहीन इकाइ) का विद्यार्थीहरूलाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको छ ।

नेपाल बजार बिक्री प्रतिनिधि संघको २६औँ स्थापना दिवसको अवसरमा संघको नारायणी क्षेत्रीय समितिले दृष्टिविहीन इकाइमा अध्ययनरत ४२ जना विद्यार्थीका लागि खाद्यान्न तथा आवश्यक जिन्सी सामग्री प्रदान गरेको कार्यक्रम संयोजक तथा संघका सहसचिव रामु पौडेलले जानकारी दिए ।

संघले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विगत वर्षहरूमा पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

कार्यक्रममा संघका उपाध्यक्ष सुदीप अर्यालले संस्थाले विगतदेखि नै विभिन्न स्थानमा सहयोगात्मक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता आवश्यकता भएका क्षेत्रहरूको पहिचान गरी सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा समाहित शिक्षा इकाइकी इन्चार्ज सभ्यता खनालले विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगकै कारण छात्रावास सञ्चालन गर्न सहज भएको बताइन् । उनले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक तथा आवासीय व्यवस्थापनमा सहयोगी हातहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सहयोगदाताप्रति आभार व्यक्त गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट