पूर्व विद्यार्थीको प्रेरणादायी पहल : जनक माविलाई पठन सामग्री हस्तान्तरण

गैंडाकोट, १ फागुन ।
गैंडाकोटस्थित जनक माविका विद्यार्थीलाई पढ्ने सामग्री उपलब्ध गराइएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी (एसएलसी – २०५७ ब्याच) सुमित्रा घिमिरे र बालिका अम्बैले आफ्नो जन्मदिनको अवसर पारेर आफू पढेको विद्यालयका विद्यार्थीलाई मुना, युवामञ्च र मधुपर्क उपलब्ध गराउनु भएको हो ।

विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले जन्मदिनका अवसरमा पूर्व विद्यार्थीले अनुकरणीय काम गरेको बताउँदै यी पत्रिका पढेर विद्यार्थीले धेरै कुरा सिक्ने बताउनु भयो । यसैगरी एसएलसी ब्याच २०५७ समूहका विद्यार्थीले विद्यालयलाई ५० रुपैयाँ बराबरको पुस्तक सहयोग गरेका छन् ।

यी पुस्तक पुस्तकालयमा राखिने र विद्यालयमा पठन संस्कृति प्रबर्द्धनका कार्यक्रममा प्रयोग गरिने प्रधानाध्यापक पण्डितले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट