अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ शनिबारदेखि बजारमा

भरतपुर, २४ असोज ।
अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशित भएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको हमालको पुस्तक शनिबारदेखि मुलुकका मुख्य सहरमा उपलब्ध हुनेछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार विशेष कार्यक्रमबीच पुस्तक विमोचन हुँदै छ ।

पत्रकार तथा लेखक यज्ञशसँगको विशेष संवादमा तयार भएको हमालको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको छ ।

विमोचनको दिन फाइन प्रिन्ट पब्लिेकसनको स्टलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहारस्वरुप दिइने प्रकाशकले जानकारी दिएका छन् ।
चितवन र वरपरका जिल्लाका लागि नारायणगढस्थित सम्पूर्ण किताबले यो पुस्तकको बिक्रीवितरण गर्दैछ । `युगदेखि युगसम्म´ पुस्तक शनिबार नै सम्पूर्ण किताबमा आइपुग्ने सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट