मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण

साउथ अस्ट्रेलियाको एडिलेडमा जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । नर्दन एडिलेड नेप्लिज कम्युनिटीको आव्हानमा उक्त कार्यक्रम गरिएको हो ।

संविधानप्रदत्त सूचनाको हक र देशमा बढ्दो अराजकताको बिरोधमा ज्यान गुमाएकाहरू देशका सच्चा सहिद स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो । त्यस्तै कुमाराज सुवेदीले शोक कविता र गजलकार आरजु गिरीले शोक गजल वाचव गरेका थिए ।

कार्यक्रमको संयोजन समाजका अगुवा देवेन्द्र खरेल, कुमाराज सुवेदी र कपिल पाण्डेले गर्नु भएको थियो । एडिलेडको ह्यारी उईर्डा पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा बालबालिकाको समेत उल्लेख उपस्थिति थियो ।

आधुनिक युगमा सूचनाको हकलाई पुन:स्थापित गर्न विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले ज्यान गुमाउनु पर्ने स्थिति लज्जास्पद भएको प्रतिक्रिया कुमाराज सुवेदीले दिए ।

यस्तैगरी सूचनाको महत्व र समाज रूपान्तरणमा यसको महत्वपूर्ण भूमिका भएकाले हक कुन्ठित गर्न खोज्दा जेनजी पुस्ता आक्रोशित हुनु स्वभाविक भएको देवेन्द्र खरेलले बताए । कार्यक्रमलाई प्रेरणा ढुंगानाले सञ्चालन गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट