भद्रकुमारी विद्यालयले मनायो रेडक्रस स्थापना दिवस

भरतपुर, १९ भदौ ।
`दु:खमा हात पीडामा साथ नेपाल रेडक्रस जिन्दावाद,
सेवानै धर्म हो, रक्तदान जीवन दान, म सेवा गर्छु´भन्ने मूल नाराका साथ श्री भद्रकुमारी आधारभूत विद्यालय भरतपुर – ५ ले ६३औँ नेपाल रेडक्रस स्थापना दिवस मनाएको छ ।

जुनियर रेडक्रस सर्कलका सचिव वासिव आलमले कार्यक्रम सञ्चालन गरेका थिए । सर्कलका अध्यक्ष कलश अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

विद्यार्थीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै विद्यालयदेखि नारायणपुर उपशाखासम्म पुगेर पुनः विद्यालय प्राङ्गणमा आइ कोणसभा गरी कार्यक्रमको अन्त्य गरेका थिए । उक्त र्‍यालीलाई रेडक्रस शिक्षक नायक सरस्वती पौडेलले संयोजन गर्नुभएको थियो । नेपाल रेडक्रस स्थापना दिवसको अवसर पारेर विद्यार्थीले विद्यालय हाता वरपर सरसफाइसमेत गरेर विद्यालय सुन्दर बनाएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले रेडक्रसको सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण रहेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखा सचिव नेत्रनारायण आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।

त्यस्तै रेडक्रसका सात वटा सिद्धान्त सर्कलका कोषाध्यक्ष सुजता थापाले वाचन गर्नुभएको थियो ।
विद्यालयले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको शिक्षक नायक सरस्वती पौडेलले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट