ट्रान नुआन मिन्ह
हावालाई थाहा छैन कि ऊ कुन समयको हो,
पानीको थोपालाई थाहा छैन कि ऊ कहाँको हो
र मलाई पनि थाहा छैन कि म को हुँ
जब म एक्लै उभिएको हुन्छु !
कसले मलाई प्रेरित गर्यो तिमीलाई भेट्न
केवल एक सास अघि त्यो क्षणको
तिमी पनि अनभिज्ञ थियौ तिमी को हौ
र
मेरो जीवन कस्तो थियो भनेर !
ट्रान नुआन मिन्ह भियतनामको क्वाङनिह्न प्रान्तको साहित्य तथा कला संघका अध्यक्ष हुन् । कुमाराज सुवेदीद्वारा अनुदित यो कविता ट्रान नुआन मिन्हको अङ्ग्रेजी कवितासङ्ग्रह `हुमन रिअल्म´मा प्रकाशित छ ।





