चितवन, २२ साउन ।
भरतपुर महानगरपालिका–१६, वलीचोकमा स्कुटर दुर्घटनामा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार राति ९ बजेर ५० मिनेटको समयमा म प्र ०३–०३७ प ९८५१ नम्बरको स्कुटर अचानक कुकुरसँग ठोकिएर पल्टँदा ३० वर्षीय सन्जय लामिछाने र ४० वर्षीय सन्तोष भट्ट घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो ।
पछाडी सवार सन्तोषको बुधबार दिउँसो १ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सन्जयको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको र अवस्था मध्यम रहेको छ ।





