भरतपुर, २३ जेठ ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्काउट दलका अध्यक्ष प्रधानाध्यापक आनन्दराज सापकाेटाकाे अध्यक्षता एवम् वडाअध्यक्ष मनाेज रानाभाटकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेपाल भट्टराई, स्काउटर संगीता आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष रिमेश श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
विद्यालयका प्रमुख स्काउटर सिर्जना कार्की र स्काउटर अतीत पंगेनीले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियाे । उक्त अवसरमा बालकुमारी माविमा अध्ययनरत ४० जना विद्यार्थीलाई दीक्षित गरिएकाे शिक्षक प्रतिनिधि एवम् विद्यालयका सूचना अधिकृत रमानिधि पन्थले बताउनुभयाे ।





