चितवन, २३ जेठ ।
इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा नेपाल भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको अहमदावाद स्टेट गुजरातका ६२ वर्षीय मन्जन भाइ बागा भाइ वुवा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मन्जन भाइ बिहीबार दिउँसो १ बजेको समयमा अचानक बिरामी परेका थिए । उनलाई उपचारकालागि इच्छाकामना आधारभूत अस्पताल लगिएकोमा दिउँसो १ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।





