विन्देश्वरीका विद्यार्थीलाई अर्किडका विद्यार्थीको सहयोग

भरतपुर, ९ जेठ ।
भरतपुर- १० मा रहेको अर्किड माविका विद्यार्थीले रत्ननगर- १३ माधवपुरमा रहेको श्री विन्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिकसामग्री उपलब्ध गराएका छन् । विन्देश्वरी विद्यालयमा चेपाङ समुदायका विद्यार्थी आवासीय रूपमा अध्ययन गर्दछन् ।

अर्किड माविका विद्यार्थीले विद्यालयको १४ औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको फूड फेस्टिवलबाट सङ्कलन भएको रकमबाट शैक्षिकसामग्री खरिद गरी चेपाङ विद्यार्थीलाई दिइएको शिक्षिका संगीता ढकालले बताउनु भयो ।

फूडफेस्टिवलबाट सङ्कलन भएको करिव २५ हजार रुपैयाँ बराबरको रकमको शैक्षिकसामग्री खरिद गरी दिइएको हो । विद्यालयले प्रत्येक वर्ष फूडफेस्टिवलबाट जम्मा गर्ने रकमले विभिन्न मानवीय एवम् परोपकारी सहयोग गर्दै आएको शिक्षक हरिराम रेग्मीले बताउनु भयो ।

अर्किड माविद्वारा गरिएको सहयोगले अति सीमान्तकृत रूपमा रहेका चेपाङ बालबालिकालाई ठुलो राहत मिलेका विन्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक हरि खनालले बताउनुभयो । यस विद्यालयमा चेपाङ समुदायका ८५ जना विद्यार्थी आवासीयरूपमा अध्ययनरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट