स्पेनको परिवर्तित आप्रवासी नियमबारे एनआरएनको बृहत् अन्तर्क्रिया हुने

विप्लव काफ्ले

स्पेन, ९ जेठ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनले स्पेनमा पछिल्लो समय परिवर्तन भएका आप्रवासी सम्बन्धि नियम- कानुनबारे बृहत् छलफल गर्ने भएको छ । यहि सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म स्पेनका अधिवक्ताहरुसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो ।

म्याड्रीडस्थित काठमाडौं फ्युजन रेष्टुरेण्टमा कार्यक्रम हुन लागेको हो । एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटले नेपाली समुदायलाई लक्षित गरि नयाँ ऐेनबारे सहज जानकारी दिन कार्यक्रम गर्न लागिएको बताए । स्पेनले २ वर्ष बसोबास गरेकाहरुलाई वैधानिक बसोबासको व्यवस्था मिलाउन लागेको छ । विगतको तुलनामा धेरै लचक भएर आएको नयाँ कानुनले धेरै आप्रवासी लाभान्वित हुने देखिन्छ ।

उपमहासचिव केशवराज कँडेलले ऐेनबारे सामाजिक सञ्जालमा आएका कतिपय भ्रामक प्रचारको असर पनि निवारण हुने बताए । अध्यक्ष पेशल कुमार कोइरालाले नयाँ कानुनले नेपालीहरु निकै उत्साहित बनेको बताउदै बसोबास अनुमतिको कार्ड बनाउन सहज होस् भनेर अन्तर्क्रिया गर्न लागिएको बताए । “अनेक चर्चा सामाजिक सञ्जालमा आएका छन्, कतिपय निकै तथ्यहिन पनि छन्”, उनले भने, “तथ्य बुझाउदै सहज रुपमा कार्ड बनाउन सहयोग होस् भन्ने हाम्रो चाहना हो ” उनले परामर्श तथा अन्तर्क्रिया कार्यक्रममा प्रत्यक्ष सहभागी भएर वकिलहरुसँग जिज्ञासा राख्न सकिने बताए ।

भौतिक दुरी टाढा भएकाहरुले आफ्ना जिज्ञासाहरु अनलाइन मार्फत टिपोट गराउन सम्पर्क व्यक्तिहरु तोकिएको बताए । कार्यक्रम एनआरएनए स्पेनको फेसबुकपेजबाट लाइभ प्रशारण हुनेछ ।

स्पेनमा रहेका नेपालीहरुले आफ्ना जिज्ञासा टिपोट गराउन अध्यक्ष पेशल कुमार कोइराला,  वरिष्ठ उपाध्यक्ष रोशन पाठक, एलसीसी म्याड्रिड उपाध्यक्ष हर्क थापा, उपमहासचिव केशवराज कँडेल, सचिव नविन घिमिरे, सचिव दीपा तामाङ, पत्रकार असिम लोप्चन तामाङलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट