मकवानपुरका रिजन ढकाल चितवन राइनोजमा

भरतपुर, २१ असोज ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अक्सनमा मकवानपुरका रिजन ढकाललाई चितवन राइनोजले किनेकाे छ । पहिलो संस्करणको एनपीएलकाे लागि आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको अक्सन गराएको हो ।

अक्सनमा मकवानपुरका ढकाललाई राइनोजले १० लाख रुपैंयामा किनेकाे हाे । बायाँ हाते तीव्र गतिका बलर ढकाल आधार मूल्यमा विक्री भएका हुन् । उनलाई चितवन राइनोजले १० लाखमा किनेको हो । ढकाल ग्रेड ‘ए’ मा थिए । नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टिमका नियमित खेलाडीसमेत रहेका ढकालले क्यानडा २०–२० त्रिकोणात्मक सिरिजमा भाग लिएका थिए ।

आइतबार भएको अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी भएको क्यानले जनाएको छ । लिग आगामी मंसिर १५ गते (नोभेम्बर ३०) देखि पुस ६ गते (डिसेम्बर २१) सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट