गायिका निशु ढकालको दशैं गीत सार्वजनिक (भिडियो सहित)

गायिका निशु ढकालको स्वर रहेको दशैं आयो बोलको गीत सार्वजनिक भएको छ । नवीन कुमार तिमल्सेनाको संगीत एरेन्ज र शब्द रहेको गीतको म्युजिक भिडियो शनिबार साँझ तिमल्सेनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

मालश्री धुनको लय प्रयोग गरिएको गीतको भिडियोको निर्देशन पनि तिमल्सेना आफैँले गरेका हुन् । गीति भिडियोको लम्बाइ करिब तीन मिनेट रहेको छ ।

गायिका ढकालले हालसम्म आधुनिक तथा भजन विधाका दर्जन बढी गीतहरूमा आफ्नो स्वर भरिसकेकी छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्ः

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट