कफी साथी (कविता)

के बानी पर्‍यो हरेक बिहान नभई नहुने
म उठेकै हुन्छु , जागेकै हुन्छु

तर तिमी छेउ नभई नहुने
आ तातो भयो, आ चिसो भयो, आ तितो भयो
चिनी थपेर पनि तितो भयो ।

तिमीले आफ्नो सच्चा कलर फेर्दिनौ , सदा तितो के तातो के चिसो

तेही भएर त साथी भयौ

सदा तितो थियौ र पनि मिठो थियौ

न त स्वाद बदल्यौ , न त मिठास बदल्यौ

सदा तितो थियौ र पनि मिठो थियौ

तेही भएर त कफी तिमी साथी भयौ

हतपत कोही साथी हुन सक्दैनन् जिन्दगीभर तितो हुने छौ

तिमीलाई बदल्न प्रयास हुनेछन् हर कोणबाट

तातो हालिने छ, चिसो हालिने छ, चिनी हालिने छ बेसार हालिने छ
तर,
कसैको केही लाग्ने छैन तिमी तितो नै रहने छौ र त मेरो साथी हुनेछौ ।

हो म यस्तै यस्तै छु
रंग रुप र स्वाद नबदल्ने
तर प्राय: सबैलाई मन पर्ने लत बसिदिने तितो भएर पनि साथी भइदिने
के बानी पर्‍यो हरेक बिहान नभई नहुने
तितो तिमी, सत्य तिमी, यथार्थ तिमी आफ्नो गुण नबदल्ने ।

आहा साथी हुनु त यस्तो पो
मेरो साथी तिमी कफी साथी ….. र कफी साथी …..।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट