अर्किड स्कुलमा स्क्रयाबल च्याम्पियनशीप सम्पन्न

भरतपुर, ४ असोज ।
अर्किड स्कुलमा जिल्ला स्तरीय स्क्रयाबल च्याम्पियनशीप सम्पन्न भएको छ । सत्रवटा विद्यालयबाट ३४ जना विद्यार्थीहरूले उक्त प्रतिस्पर्धामा सहभागी भएका थिए ।
स्क्रयाबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको अध्यक्षता तथा भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनालको प्रमुख आतिथ्यमा गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि स्क्रयाबल क्लब पोखराका सल्लाहकार एवं गैँडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हीरालाल अर्याल तथा अतिथिका रूपमा अर्किड स्कुलका प्राचार्य डाक्टर खेम आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित, स्क्रयाबल क्लब नवलपुरकी जिल्ला संयोजक बिना कोइराला, प्रमुख निर्णायक अर्जुन पाण्डे रहेका थिए ।

अर्किड स्कुल स्क्रयाबल क्लबका संयोजक हरि सापकोटाको संयोजनमा सञ्चालित कार्यक्रमलाई प्रतीक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

‘स्क्रयाबल खेल’ अङ्ग्रेजी अक्षरहरूबाट शब्द निर्माण गर्ने खेल हो । यसले विद्यार्थीहरूको नयाँ शब्द निर्माण सिकाइ प्रकृयालाई सहयोग पुर्‍याउँछ । स्क्रयाबल क्लब पोखरा मार्फत् ४० जिल्लामा जिल्ला शाखाहरूमार्फत् विद्यालय तहका विद्यार्थीहरूलाई यो शब्द निर्माण खेलको अभ्यास गराइने गरिएको छ ।
सहभागी प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट पच्चीस प्रतिशत राष्ट्रिय च्याम्पियनशीपको लागि प्रतिस्पर्धा गर्न योग्य रहने नियमअनुसार ३४ जना प्रतिस्पर्धीमध्ये ९ जना उत्कृष्ट प्रतिस्पर्धीलाई राष्ट्रिय च्याम्पियनशीपको लागि योग्य ठहर गरिएको प्रमुख निर्णायक अर्जुन पाण्डेले बताए ।

‘उत्कृष्ट नौ’ मा नारायणी पब्लिकका सन्दिप पौडेल, नारायणी नमूनाका श्रीयांश लामिछाने, नारायणी पब्लिकका अल्फाज मियाँ, नारायणी नमूनाका भौमिक भुषाल, शहीद स्मृतिकी सुमिता थापामगर, सिर्जना स्कुलका कृष्ण सापकोटा, सैनिक आवासीय महाविद्यालयकी रोजिना रिजाल, अर्किड स्कुलकी किञ्जल खरेल, वाल्मीकि शिक्षा सदनकी रश्मी गैरे रहेका छन् । यी सबैले आगामी मङ्सिर २४ मा गैँडाकोट इङ्ग्लिस स्कुलमा हुन गइरहेको राष्ट्रिय स्क्रयाबल च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा चितवन स्क्रयाबल च्याम्पियनहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । शिक्षकहरू दीपा भट्टराई, राधा लुँगेली तथा मिलन पनेरूले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट