कक्षा १२ को परिक्षा सुरु

काठमाडौँ, ९ मंसिर ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको परीक्षा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मंगलबारदेखि देशभर सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भइरहेको हो । बिहान ८ बजे सुरु भएको परीक्षा साढे ९ बजे सकिने छ ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गर्ने बोर्डले जनाएको छ । बोर्डले गएको भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गरेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

अर्यालका अनुसार बोर्डले २०७६ वा त्यसभन्दा अघि लिइएको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट