भरतपुर अस्पतालको मेसुमा डा. तिवारी नियुक्त

भरतपुर, ९ मंसिर ।
भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. जगन्नाथ तिवारी नियुक्त हुनुभएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गरिएको हो ।

दसौँ तहका मेडिकल चिकित्सक डा. तिवारी भरतपुर अस्पतालको ईमर्जेन्सी विभागका विभागीय प्रमुख थिए । यसअघि डा. तिवारीसँग अर्घाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् जिल्ला स्वास्थ्य प्रमुख बनेर ६ वर्ष काम गरेको अनुभव छ । डेढ दशक लामो समयदेखि सरकारी सेवामा कार्यरत उनले यसअघि विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

यसअघि अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले गत बुधवार पदबाट राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिँदा समेत डा. तिवारीलाई निमित्त दिएका थिए । भरतपुर अस्पतालमा प्रशासनिक अनुभव कम भएका मेसु आउँदा काम गर्न अप्ठ्यारो हुने र छोटो समयमा नै मेसु परिवर्तन हुने समस्या रहँदै आएको छ । प्रशासनिक अनुभव संगालेका तिवारीको आगमनसँगै भरतपुर अस्पताललाई व्यवस्थित गर्न सहज हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट