राजस्थाको प्लेअफ पुग्ने सम्भावना जीवितै

भरतपुर, ४ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको पछिल्लो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । जारी सीजनमा राजस्थानसँग दोश्रो पटक हार्न पुगेपछि चेन्नईको प्लेअफ खेल्ने सम्भावना झन् न्यून हुँदै गएको छ ।

सोमबार राति सम्पन्न खेलमा चेन्नईले दिएको जम्मा १२६ रनको लक्ष्य पछ्याउन राजस्थानलाई खासै अप्ठ्यारो परेन । जोश बटलरको अर्धशतकीय पारीका मद्दतमा राजस्थानले सो लक्ष्यलाई खेल सकिन १५ बल बाँकी छँदै भेट्टायो । ४८ बलको सामना गरेका बटलरले ७ चौका र २ छक्कासहित अविजित ७० रन बटुले । उनी म्यान अफ दि म्याच समेत घोषित भए । बटलरले कप्तान स्टिभ स्मीथसँग चौँथो विकेटका लागि नट आउट ९८ रनको साझेदारी गरेका थिए । राजस्थानलाई जीतसम्म पु¥याउन स्मीथले पनि अविजित २६ रनको पारी खेले । अन्य ब्याट्सम्यानहरूमा बेन स्टोक्स १९, रोबिन उथप्पा ४ तथा सञ्जु सेमसन ० रनमा आउट हुन पुगे । चेन्नईका तर्फबाट दीपक चहरले २ तथा जोश हेजलउडले १ विकेट लिए ।

यसअघि अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो । राजस्थान विरुद्ध अलराउण्डर रविन्द्र जडेजाले नट आउट ३५ रन जोडेपनि चेन्नईको समग्र ब्याटिङ भने फेरि एक पटक फ्लप साबित हुन पुग्यो । उसका कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा ओपनर फाफ डु प्लेसिसले १० रन मात्रै बनाउन सके । यस्तै अर्का ओपनर सेम कुरान २२ रनको व्यक्तिगत स्कोरमा प्याभिलियन फर्कँदा शेन वाट्सनले ८ तथा अम्बाती रायुडुले १३ रन मात्रै बटुल्न सके । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका केदार जाधव भने ४ रनमा आउट भए । बलिङमा भने राजस्थानका लागि जोफरा आर्चर, श्रेयस गोपाल, राहुल तेवतिया र कार्तिक त्यागीले समान १–१ विकेट हात पारे ।

जीतसँगै राजस्थानले थप २ अंक जोडेको छ । कूल ८ अंक जोडेको राजस्थान १० खेलमा ४ जीत र ६ हार बेहोर्दै लिगको अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै आफूले खेलेका १० मध्ये ३ खेलमा मात्रै जीत हात पारेको चेन्नई भने ६ अंकमा तालिकाको अन्तिममा झरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट