एजेन्सी,
भरतपुर, ११ भदौ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली देशमा विद्यालय सञ्चालनमा आए अवस्था थप भयावह हुने चेतावनी दिएको छ । स्पेन, फ्रान्स, जर्मनी, इटली लगायत राष्ट्रले बालबालिका लामो समयसम्म घरमै बसिरहे मानसिक र शारीरिक रूपमा दुर्बल हुने भन्दै विद्यालय खुलाउने निर्णय गरेका थिए ।डब्लुएचओका क्षेत्रीय निर्देशक हंस क्लुगले पछिल्लो समय युवाहरूमा कोरोना संक्रमण दर उच्च रहेकाले विद्यालय सञ्चालन भएसँगै संक्रमितको संख्या समेत उल्लेख्य बढ्ने चेतावनी दिए ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर २ करोड ४२ लाख ३ हजार ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा ८ लाख २६ हजार ३ सय ८० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । सबै भन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ५८ लाख २३ हजार ६ सय ८५ जना संक्रमित भएका छन् । पछिल्ला केही दिनयता युरोपका विभिन्न देशमा नयाँ संक्रमित पुष्टि हुने क्रममा वृद्धि हुन थालेको छ ।





