एजेन्सी ।
भरतपुर, ११ भदौ ।
फ्रान्सको राष्ट्रिय फुटबल टोली एवम् म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पउल पोग्वालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक डिडिएर देशच्याम्पकाअनुसार २७ वर्षीय पोग्वा सेल्फ आईसोलेशनमा बसेका छन् ।
पोग्वाले आगामी ५ सेप्टेम्बरमा स्वीडेनमा हुने फ्रान्सको नेशनल लिग र त्यसको तीन दिनपछि गृहमैदानमा हुने क्रोएसियासँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । प्रेमियर लिग फुटबलको नयाँ सिजन अन्तर्गत क्लबको पहिलो खेलमा आगामी सेप्टेम्बर १९ मा क्रिष्टल प्यालेसबिरुद्धको खेलमा भने उनी मैदान उत्रने बताइएको छ ।





