राष्ट्र बैंकका कर्मचारीलाई नियमविपरीत १५ किसिमका भत्ता !

भरतपुर, ११ भदौ ।
नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशिकाविपरीत भत्ता दिएको पाइएको छ । राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई निर्देशिका विपरीत १५ किसिमसम्मका भत्ता दिएको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखाको ५७ औं वार्षिक प्रतिवेदनअनुसार राष्ट्र बैंकका सबै कर्मचारीलाई कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषबाहेक ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १५ किसिमका भत्ता उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५९ करोड ५० लाख रूपैयाँ अन्य भत्तामा खर्च लेखेको महालेखाको प्रतिवेदनमा जनाइएको छ । सरकारले जारी गरेको मितव्ययिता सम्बन्धी निर्देशिका पालना हुनुपर्ने महालेखाले जनाएको छ ।

सरकारले ल्याएको उक्त निर्देशिकामा स्थानीय भत्ता, पोशाक भत्ता र महँगी भत्ताबाहेक अन्य भत्ता खारेज गर्ने उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट