भरतपुर, ११ भदौ
नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४ घण्टामा १ हजार १ सय ११ जना भेटिएसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको हो ।
४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन् । प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौंका २ सय ७०, काभ्रेको १३, चितवनको ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, भक्तपुरका ४१, मकवानपुरका ६३, रामेछापका ६, ललितपुुरका ६६, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ५ जनामा कोरोना पाइएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपरासी पूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्युठानका ४, बर्दियाका १, बाँकेका ७५ र रुपन्देहीका ७२ जना छन् ।
कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १ र बैतडीमा १७ जनामा कोरोना पाइएको छ ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ ।
कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।





