एकै दिन सर्वाधिक ११११ संक्रमित थपिए

भरतपुर, ११ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्म एकै दिनमा पुष्टि भएको सर्वाधिक संक्रमितको संख्या हो । यसअघि भदौ २ गते १ हजार १६ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या भने १५ हजार २७३ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६९ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाले ज्यान गुमाएका छन् । नेपालभर हालसम्म कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ४८८ जना क्वारेन्टाइनमा छन् भने १५ हजार २७३ जना आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८८१ वटा परीक्षण गरिएको जनाएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट