नेपाल डायरिजको ‘पलहरु’ सार्वजनिक

नेपाल डायरिजले निर्माण गरेको नशा–२ ‘पलहरु’ बोलको गीत सार्वजनिक भएको छ । पप जनरामा बनेको उक्त गीत नेपाल डायरिजको अफिसियल युट्युव पेजमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कबिर योन्जनको शब्द र आवाज रहेको छ । कबिर र द रोड्स व्याण्डले संगीत भरेका छन् । मनिष तामाङले निर्देशन गरेको भिडियोमा ऋचा श्रेष्ठको अभिनय छ । अमृत सापकोटा र विनेश थापाले छायाँकन र सापकोटाले सम्पादन गरेका छन् ।

नेपाल डायरिजले लामो समय देखि सौन्दर्य प्रतियोगितालगायतका इभेन्ट्सहरुको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । डायरिजले म्यूजिक भिडियो भने पहिलोपटक निर्माण गरेको निर्देशक एवम् सञ्चार संयोजक अनिल घिमिरेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट