राप्तीमा पाँच वर्षे रणनीतिक योजना बनाइदै

राप्ती, ४ साउन
चितवनको राप्ती नगरपालिका पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्ष देखिनै कार्यान्वयन हुनेगरी पाँच वर्षे रणनीतिक योजना बनाउन लागेको हो ।

त्यसका लागि आइतबार नगरका जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरुबीच छलफल तथा अन्तरक्रिया भएको छ । योजनाको प्रतिवेदन बनाउने जिम्मा पाएको अन्नपूर्ण कन्सल्टेण्ट प्रालिले एक कार्यक्रमका बीच पाँच वर्षे अवधिमा हुने विकास निर्माणदेखि अन्य कार्यक्रमका लागि झण्डै ५ अर्व रुपैयाँ खर्च गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । ‘समृद्ध राप्तीको आधार–कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा राप्तीले आत्मसाथ गर्दैछ । यो नारालाई टेकेरै राप्तीको दीर्घकालीन योजना निर्माण गर्न लागिएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।

प्रालिले बनाएको प्रतिवेदनमा अध्ययन गरेर थप सुझाव दिएर योजना कार्यान्वयनको चरणमा जाने मेयर बरालले बताइन् । अन्नपूर्ण कन्सल्टेण्ट प्रालिले प्रस्तुत गरेको प्रतिवेदन अनुसार पाँच वर्षमा राप्तीको आर्थिक विकासका लागि १ अर्व २३ करोड, सामाजिक विकासका लागि १ अर्व १७ करोड, पूर्वाधार विकासका लागि २ अर्व २९ करोड, वन वातावरण संरक्षणका लागि १३ करोड ८३ लाख र सुसासन तथा संस्थागत विकासका लागि ७ करोड ४७ लाख रुपैयाँ आवश्यक पर्छ । प्रतिवेदन सार्वजनिकीकरणमा मेयर बरालले नगरको भौगोलिक अवस्थाका कारण चुनौतीको विषय शिक्षा रहेकाले यसको विकास आवश्यक रहेको बताइन् । नगरको चार वटा वडा १०, ११, १२ र १३ पहाडी भूभागमा पर्छ ।

राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले हालै सातौं नगर सभा सम्पन्न भएपनि कतिपय योजनाहरु रणनितिक योजनामा समावेश भएकाले यसै वर्ष देखी कार्यान्वयन हुने बताए । राप्ती नगरपालिका कृषि र पशुपालनका क्षेत्रमा अव्वल रहेकाले उत्पादनसँग जोडेर यहाँका किसानहरुको विकास गर्न सकेपनि समृद्ध नगर वन्ने उपमेयर लामाले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेल, जिल्ला समन्वय समिति चितवनकी सदस्य गुनु विक, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट