कृषि मन्त्री लामाको निर्वाचन क्षेत्रमा ८४ योजना

खैरहनी, ४ साउन
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको निर्वाचन क्षेत्र चितवन १ (क)मा प्रदेश सरकारबाट ८४ वटा योजना परेका छन् । कृषि मन्त्री लामाको पहलमा ६० करोड रुपैयाँ भन्दा बढीका ८४ वटा योजनाहरु परेका हुन् ।

भौतिक पूवार्धारतर्फ १८ करोड ६४ लाख ५० हजार, उद्योग, पर्यटन, वन तथा वातावरण बाट १ करोड ७६ लाख, सामाजिक विकासमा ९५ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारीबाट ३८ करोड ५५ लाख, राप्ती नगरपालिकाको सशर्त अनुदानका कार्यक्रमहरुका लागि २ करोड ६० लाख ६५ हजार, सोही नगरपालिकाको समपुरक योजनका लागि १ करोड ३६ लाख, खैरहनी नगरपालिका सशर्त अनुदानका कार्यक्रमहरुका लागि १ करोड ९५ लाख, सोही नगरपालिकाको समपुरक योजनाका लागि १ करोड ७६ लाख ५० हजार बजेट विनियोजन भएको मन्त्री लामाले जानकारी दिए ।

राप्ती नगरपालिकाको १३ वटै वडा र खैरहनी नगरपालिकाको ३, ६, ७, ८, ९, १० र ११ नम्वर वडा मन्त्री लामाको निर्वाचन क्षेत्रमा पर्दछ । मन्त्री लामाका अनुसार भौतिक पूर्वाधारतर्फ उत्तराखण्ड सडकअन्तर्गत पर्ने पूलहरुको अध्ययन कार्यका लागि १५ लाख, उत्तराखण्ड सडक अध्ययन कार्यका लागि २० लाख, रसौली राप्ती १२ डीप ट्युबेल सिंचाई उपआयोजनाका लागि २७ लाख, राप्ती ५ रामपुर डीप ट्युबेल सिञ्चाई उपआयोजनाका लागि ३५ लाख, राप्ती अमृतपानी डीप ट्युबेल सिञ्चाई उपओयजनाका लागि २७ लाख, राप्ती ७ वीरेन्द्रनगर खानेपानी आयोजनाका लागि १५ लाख, रसौली भूमिगत खानेपानी आयोजनाका लागि ११ लाख, खैरहनी १० कठार खानेपानी आयोजनाका लागि १० लाख, राप्ती १ महादेवटार खानेपानी आयोजनाका लागि ५ लाख, पूर्वी चितवन चक्रपथ निर्माणका लागि ९० लाख, हात्तिढाप, सुरखण्डी, ठकुरी भनज्याङ कान्दन कमिनचुली जाने बाटो निर्माणका लागि ८० लाख, राप्ती जुवाखोला सडकपुल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, डिपार्डबाट प्रतापपुर जानेबाटो कालोपत्रे तथा ढल निर्माण सङ्कभट्ट चोकबाट प्रतापपुर जाने बाटो राप्ती १ का लागि २५ लाख, सौराहा कठार खैरहनी सडक आयोजनाका लागि ५० लाख, राप्ती ७ शहिद मार्ग वीरेन्द्रनगर चोक सिंहदेवी चोक कोराक सडक स्तरोन्नतीका लागि ६५ लाख, हर्दी चिप्लेटी सडक निर्माण राप्ती ६ र १० का लागि ४५ लाख रुपैयाँ विनियोजन भएको छ ।

मगनी चौधरी गाँउदेखि ह्वाईटहाउस हुंँदै कल्भर्ट सम्म र अर्जुन पौडेल देखि विनोद श्रेष्ठको घरसम्म, मरला चौधरीको घरदेखि काठे पुलसम्मको सडक खैरहनी ८ का लागि ३० लाख, गोपाल पाठक स्मृति भवन राप्ती २ का लागि २० लाख, खैरहनी ९ सिमलघारी चौताराबाटो देखि सुर्ताना टोल सम्म कालोपत्रेका लागि ३० लाख, राप्ती ७ र ८ गणेश मन्दिर सिंहदेवि मन्दिर टिसिएन रोड पर्वत वस्ती मार्ग नाला सहित कालोपत्रका लागि ८ लाख, खैरहनी ११ मिलनचोक मंगलचोक गौलिचोक सडकका लागि ४० लाख, पूर्वी चितवन चक्रपथ लोथर खण्डका लागि ४० लाख, पूर्वी चितवन राप्ती ७ फाईभ ग्रुप चोक देखि खैरहनी हुंदै खोलेसिमल रत्ननगरका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, साना किसान चोकबाट खुरखुरे हुदै सुन्डि गैंडा जाने सडक तथा नाला निर्माण खैरहनी १० का लागि २० लाख, राप्ती ४ वनदेवि मार्ग देखि चेपाङ राजमार्ग जोडने सडक कालोपत्रेका लागि ७५ लाख, शान्तीमार्ग वाटो निर्माण राप्ती २ का लागि २० लाख, झुरझुरे रिङरोड निर्माण राप्ती ३ का लागि ५० लाख, राप्ती ७ रामपुर झर्नादेखि टंक पाठकको घर हुंदै आन्नद चर्चबाट अर्को चर्च सम्म बाटो निर्माणका लागि २० लाख, राप्ती ६ धमौरा मुलबाटो हुंदै नयाँवस्ती जोडने स्ल्याव कल्भर्ट र धमौरा स्कुल हुंदै जाने बाटो ग्राभेलका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

राप्ती ४ भवानीपुर चन्द्र लामाको टोल देखि उत्तर गुम्बा सम्म कालोपत्रे निर्माणका लागि १५ लाख, राप्ती २ खानीखोला नदी नियन्त्रणका लागि १० लाख, खैरहनी ३ लदरा खोला नियन्त्रण चिन बहादुर घर पूर्व तटबन्धनका लागि ३० लाख, राप्ती लाखेश्वर सिञ्चाई योजनाका लागि ५ लाख, भवानीपुर सिञ्चाई आयोजना राप्ती ४ का लागि २० लाख, चिप्लेटी खोला सिञ्चाई योजना राप्ती ८ का लागि ५ लाख, राप्ती ७ र १० चौतारा कुलो निर्माणका लागि ५० लाख, राप्ती लोथर सिञ्चाई योजना निर्माण राप्तीका लागि २० लाख, राप्ती ९ ईको टुरीजम पार्कका लागि ४५ लाख, राप्ती ४ ईको टुरीजम पार्क निर्माण शिखर हरियाली वनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, राप्ती ५ भण्डारा शिखरवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ओभरहेड पानी ट्यांकी निर्माणका लागि ५० लाख, राप्ती ८ र ९ चितवन वीरेन्द्रनगर खानेपानी वडहराका लागि ५० लाख, शिखर सामुदायिक भवन निर्माण कार्य राप्ती ४ का लागि १५ लाख, युवा स्वर्ण तारा क्लब भवन निर्माण खैरहनी ६ का लागि १५ लाख र वनस्पति मार्ग पिप्ले स्कुलदेखि दुविचौर, राप्तीका लागि ४० लाख रुपैया विनियोजन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट राप्ती नगरपालिका १ दुविचौर स्थित मूल कुलोको मुहान तर्फ बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि २० लाख, राप्ती ५ नागदह संरक्षणको लागि खहरे खोला नियन्त्रण, चितवन (विपत जोखिम न्यूनिकरण तथा प्राकृतिक प्रकोप व्यवस्थापन) का लागि ३० लाख, चेपाङ सामुदायको लागि चिउरीको बिया संकलन गरी कम्तिमा ५ हेक्टर क्षेत्रफलमा तारवार सहित रोपण कार्यक्रमका लागि ५ लाख, सुरदेवि सामुदायिक वन राप्ती १ चितवनमा घाईते वन्यजन्तु पूर्नस्थापना केन्द्र निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ ।

ब्रम्हस्थानि मध्यवर्ती सामूदायिक वन राप्ती १ मा रहेको डुम्री घोल क्षेत्रमा मचानघर निर्माणका लागि २५ लाख, राप्ती ७ चितवन सांस्कृतिक संग्रहालय भवन निर्माणका लागि ५१ लाख, राप्ती १ वनस्पति प्राथामिक विधालय दुवीचौरको खेल मैदानमा अर्नामेन्टल प्लान्ट वृक्षारोपण सहित वालमैत्री पार्क निर्माणकालागि १० लाख , राप्ती १ दुविचौरमा रहेको झ्यालचौर पार्कलाई पक्की घेरवार सहित संरक्षणका लागि २५ लाख रुपैया विनियोजन भएको कृषि मन्त्री लामाले वताए ।

यसैगरी, सामाजिक विकास मन्त्रालयबाट जन आदर्श बहुमुखी क्यामपस राप्ती नगरपालिकाको भवन निर्माणका लागि ४० लाख, श्री माध्यमिक विद्यालय राप्ती ८ ब्रम्हनगर घेरबार निर्माणकालागि १५ लाख, श्री कठार मावि खैरहनी १० को भवन निर्माणका लागि १५ लाख, श्री खैरहनी मावि खैरहनी ६ चितवनको कार्यक्रम हल निर्माणका लागि २५ लाख रुपैया छुट्याईएको छ । मन्त्री लामाकै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट भण्डारामा कृषि तालिम केन्द्र भवन निर्माण निरन्तरताका लागि ५ करोड ५० लाख, शित भण्डार निर्माण खैनपा ९ निरन्तरताका लागि १० करोड, मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनीकरण तथा कृषि बाली सुरक्षाको लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा उपभोक्ता र स्थानीय तहको समन्वयमा पर्खाल निर्माण गर्न १५ करोड, सहकारीमा आधारित ५० प्रतिशत लागत साझेदारीमा बाच्छी संरक्षण तथा स्रोत केन्द्र स्थापना राप्ती १ का लागि २५ लाख विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारबाट राप्ती नगरपालिकाका लागि सशर्त अनुदानका कार्यक्रमहरु निम्न अनुसार छन् । पूर्वाधार भएका स्वास्थ्य संस्था १५ शैया सम्मको अस्पताल संचालन निरन्तरता (चालु) भण्डाराको प्राथामिक स्वास्थ्य केन्द्र राप्तीका ६० लाख, सहरी स्वास्थ्य केन्द्र सामुदायिक स्वास्थ्य ईकाई भवन निर्माण खहरेका लागि २५ लाख, स्थानिय तहमा मिमिर डिजिटल मोबाईल माटो ल्याव स्थापना तथा परिक्षण कार्य संचालनको लागि अनुदानमा ५ लाख, स्थानीय तहको सहकार्यमा प्रियाव गोदाम घर निर्माणका लागि २० लाख, राप्ती नगरपालिका भसामाडी गैडा ताल व्यवस्थापन तथा संचालन राप्ती(६) का लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । साना किसान कृषि सहकारी संस्था राप्तीका लागि मेशेनरी औजार सहयोगमा १० लाख, जेपी भेट्वाल स्मृति पार्क राप्ती ६ का लागि ३० लाख, चुवा खोला पुल राप्ती ७ का लागि २५ लाख, वनस्पति आधारभुत स्कुलबाट सिमरा जाने बाटो राप्ती १ का लागि ३० लाख, धमीलिमा विधुतिकरणका लागि १५ लाख, एक विद्यालय एक नर्स कार्यक्रम संचालन निरन्तरताका लागि १५ लाख ६५ हजार रुपैयाँ विनियोजन भएको छ ।

माध्यमिक तहमा शुन्य दरवन्दी भएका सामुदायिक विद्यालयमा अंग्रेजि, गणित र विज्ञान शिक्षकको लागि शिक्षण सहयोगका लागि १४ लाख, राप्ती नगरपिलकाको समपुरक योजनाहरुमा कालिकाटार कान्दा मार्ग ट्रयाक निर्माणका लागि ५६ लाख, वजरहट्टी मदनटोल पाख्रीवास हुदै ईट्टाभट्टा सडक कालोपत्रेका लागि ५० लाख, राप्ती ९ रसौली खानेपानी आयोजना ( विशेष अनुदान) ३० लाख विनियोजन भएको छ भने खैरहनी नगरपालिकाका लागि सशर्त अनुदानका कार्यक्रमहरुमा मिलनचोक बाट मंगलचोक सम्म र विचमा प्रकाश सिलवालको घरबाट गौली चोकसम्म कालोपत्रे खैनपा ११ का लागि १ करोड, सिदार्थ चोक देखि मनु भुजेलको घर हुंदै राप्ती ड्याक सम्म जाने सडक स्तोरन्नतीका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।

लदरी खोला तटबन्धन खैनपा ३ का लागि २०लाख, अमृत कुलाको सिदार्थ चोक देखि फुकुवा शिव मन्दिर सम्म सडक खैरहनी १० का लागि २० लाख, मिनि डसजीटल मोवाईल माटो ल्याव स्थापना तथा परिक्षण कार्य संचालनको लागि अनुदान मा ५ लाख, नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थासंग सहकार्यमा दुग्ध प्रशोधन उपरकरण खरिदका लागि ३० लाख तथा खैरहनी नगरपालिकाको समपुरक आयोजनामा सिद्धार्थ चोकबाट जिवनपुर हुंदै फफेनि चोक सम्म कालो पत्रे खैनपा १० का लागि ९० लाख ५० हजार र सुल्तानाबाट गौचरण हुंदै मझुई निस्कने बाटो कालापत्रे खैनपा ७ का लागि ८६ लाख रुपैया विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लामाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट