सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

काठमाडौं, ४ साउन
व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।

सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् ।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट