संक्रमित वृद्धा भन्छिन्, ‘म स्वस्थ छु, नडराउनुहोस्’

भरतपुर, २७ चैत
नेपालमा कोरोना संक्रमण भएकी सबैभन्दा बढी उमेरकी वृद्धाले आफूलाई केही समस्या नभएको र पूर्ण स्वस्थ रहेको बताएकी छन् । अस्पतालबाट न्यूज ट्वान्टी फोरको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा टेलिफोनमा कुराकानी गरेकी उनले आफू कत्ति पनि नआत्तिएको भन्दै आफूलाई केही नहुने बताइन् ।

“मलाई त रुगा पनि छैन, ज्वरो पनि छैन”, उनले भनिन्, “खै के भाको भन्नु, म त ढुक्कै छु ।” उनले आफू उपचाररत अस्पतालमा राम्रो उपचार पाइरहेको बताइन् । “बेला–बेलामा डाक्टर र नर्स आउनुहुन्छ”, उनले भनिन्, “ज्वरो नाप्नुहुन्छ, प्रेसर नाप्नुहुन्छ, नआत्तिनुस् भन्नुहुन्छ, निकै राम्रो सुविधा छ ।”

उनले आफू १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएको र अहिले अस्पताल गएपछि प्रेसर भने केही बढेको बाँकी केही अप्ठ्यारो नभएको बताइन् । उनले संक्रमण भएकालाई पनि नआत्तिन अनुरोध गरेकी छन् । बाँकी सबैलाई सतर्क रहन उनको आग्रह छ ।

उनी बेल्जियमबाट कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट गत चैत ४ गते दुबई हुँदै नेपाल आएकी थिइन् । उनीसँगै विमानमा आएका अरु २ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । उनीहरु सबै उपचाररत छन् । अस्पतालहरुले उनीहरु र बाँकी सबै संक्रमितको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट