भरतपुर, २७ चैत
कोरोना भाइरस परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार ¥यापिड डायग्नोसिस टेस्ट (आरडीटी)किट पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सातै प्रदेशमा ५–५ हजार किट पठाइएको हो ।
द्रुत परीक्षणका लागि बढी प्रभावित जिल्लामा आरडीटी पठाउने निर्णय सरकारले गरेको थियो । त्यसअनुसार बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको उनले जानकारी दिए ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा आरडीटीबाट द्रुत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।





