चीनमा किनिएको उपचार सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, १६ चैत
कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ ।

नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई, मास्कलगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।

सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं आइपुगेको हो ।

सोही जहाजमा चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि आएकोछ । स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट