२३ असार/सुनसरीको इनरुवा नगरपालिका २ घर भएकी एक युवतीले श्रीमानको लिंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद गरेकी छन्।
विवाह भएको ६ महिनामै आफुले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमतीले सम्बन्ध बिच्छेदका लागि दवाब दिएपछि दुवै अलग बस्ने निर्णयमा पुगेका हुन्। नगरपालिकाको न्यायिक समितिमा छलफलपछि पतीपत्नी अलग भएका श्रोतले जनाएको छ।
उनीहरुविच कुनै मनमुटा थिएन। श्रीमानले लाउन खान नदिएको भन्ने पनि श्रीमतीले गुनासो गरेकी थिइनन्। श्रीमानले श्रीमतीलाई असाध्यै माया गर्ने गरेको स्थानीय बताउँछन्। तर श्रीमानको सानो लिंगकै कारण आफूलाई यौन सन्तुष्टि नमिलेको भन्दै श्रीमतीले सम्बन्ध विच्छेद गरेकी न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले बताए।
नगरपालिकाको न्यायिक समितिसम्म यो मुद्धा पुगेपछि समितिले दुबैलाई पुनः मिलेर बस्न सुझाव दिएको थियो। तर श्रीमतीले आफ्नो श्रीमानको लिंग सानो भएकोले आफुलाई यौन सन्तुष्टी पुरा गर्न नसकेको भन्दै सम्बन्ध विच्छेदको लागि दबाब दिएकी थिइन् । युवतीकै दवाबमा सम्बन्ध विच्छेदको निर्णय भएको न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार न्यायिक समितिमा उक्त मुद्दा असार पहिलो साता आएको थियो । ‘खान लााउन कुनै समस्या छैन । एक अर्काको माया पनि पाईरहेको, तर सँगै बस्दिन भन्दा हामी छक्क प¥यौ। निकै सम्झायौ पनि,’ भट्टराईले भने, ‘तर कुरा अर्कै रहेछ । यौन इच्छा नै पुरा नभएपछि युवतीले आफु श्रीमानसँग सँगै बस्न नसक्ने भने पछि अलग बस्न हामीले सल्लाह दिएका हौं।’
इनरुवा २ का वडा सदस्य समेत रहेका भट्टराई, नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिसँग उनीहरुले आफ्ना समस्या राखेका थिए। छलफलमा विवाह भएको लामो समयसम्म आफु श्रीमानबाट यौन सन्तुष्टी पाउनेआशमा बसेको तर नपाएको गुनासो युवतीले गरेकी थिइन्।
दुबैको कुरा सुनिसकेपछि समितिले यौन कुण्ठा पालेर बस्नु भन्दा सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको भट्टराईले बताए।





