रास्वपा नेतृ सुमनाद्वारा पार्टी परित्याग

काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् । सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट थिइन् । उनले ग्रुपमा यस्तो लेखेकी छन्: कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । […]